कात्तिक १८ गते एनएमबि क्यापिटलको बाह्रौं वार्षिक साधारण सभा
काठमाडौं । कात्तिक १८ गते एनएमबि क्यापिटलले बाह्रौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो । सभामा कम्पनीले २१.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ ।
साथै, हाल कायम चुक्ता पुँजी २० करोडको १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । सभा आरण्य बुटिक होटल, मनकामना मार्ग, हात्तिसार, काठमाडौंमा दिउँसो ४ बजेबाट सुरु हुनेछ ।
वि.सं.२०७९ असोज २६ ०७:५०



















