आज तीन वटा क्यापिटलको साधारण सभा

काठमाडौं । एनएमबि क्यापिटलको साधारण सभा आज कात्तिक १८ गते बस्दैछ । सभा आरण्य बुटिक होटल, मनकामना मार्ग, हात्तिसार, काठमाडौंमा दिउँसो ४ बजेबाट सुरु हुनेछ ।
सभामा कम्पनीले २१.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । साथै, हाल कायम चुक्ता पुँजी २० करोडको १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
एनआइबीएल एस क्यापिटलको पनि आज कात्तिक १८ गते साधारण सभा बस्दैछ । साधारण सभा क्यापिटलको सभाहल लाजिम्पाट, काठमाडौंमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
सभाले अन्य मर्चेन्ट बैंक एक आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव अनुमोदन गर्नेछ ।
यस्तै, सनराइज क्यापिटलको पनि आज कात्तिक १८ गते साधारण सभा बस्दैछ । सभामा कम्पनीले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
साधारण सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । सभा सनराइज क्यापिटलको कार्यालय, कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजेबाट सुरु हुनेछ ।
वि.सं.२०७९ कात्तिक १८ ०८:५६