back
stc
prabhu insurance
nabil

रुसले उर्जा आतंक मच्चाएको युक्रेनी राष्ट्रपतिको आरोप

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि उर्जा आतंक मच्चाएको आरोप लगाउनुभएको छ ।

रुसले युक्रेनका उर्जा केन्द्रहरुमा गरेको आक्रमणका कारण आधा भन्दा बढी क्षेत्र अन्धकारमा फसेको र ४५ लाख सर्वसाधारण उर्जाविहिन अवस्थामा बाँच्नु परेको भन्दै जेलेन्स्कीले उर्जा आतंक मच्चाएको आरोप लगाउनु भएको हो ।

युक्रेनी सेनाको प्रतिकारमा कब्जा गरिएका क्षेत्रबाट पछि हट्नु परेपछि रुसले ड्रोन मार्फत युक्रेनका उर्जा केन्द्रहरुमा आक्रमण गरेको थियो ।

बिहीबार राति देशवासीका नाममा सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले युद्धमा पराजित गर्न नसकेपछि उर्जा आतंक मच्चाएको आरोप लगाउँदै रुसले ध्वस्त बनाईदिएका एक तिहाई उर्जाकेन्द्रको मर्मत छिट्टै गर्ने बताउनुभयो ।

उता, खर्सोन क्षेत्रबाट सर्वसाधारणलाई सुरक्षित स्थानमा पठाएपछि रुसी सेना त्यहाँबाट फिर्ता भईरहेको जनाइएको छ ।