एनआइबीएल ग्रोथ फन्डको आजबाट बिक्री खुला
काठमाडौं । एनआइबीएल एस क्यापटिलले आज पुस ७ गते बिहीबारदेखि म्युचुअल फन्ड योजना बिक्री खुला गरेको छ । यस क्यापिटलले एनआइबीएल ग्रोथ फन्डको कुल १६ करोड इकाई निष्कासन गरेको हो ।
३ करोड ४ लाख इकाई वा कुल बिक्री भएको इकाईको १९५ विज पुँजीवापत कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेन्ट बैंकलाई सुरक्षित गरिएको छ ।
त्यस्तै, १५प्रतिशत अर्थात् १६ लाख इकाई योजना व्यवस्थापक एनआइबीएल एस क्यापिटललाई छुट्टाएको छ ।
बाँकी १२ करोड ८० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गर्न लागिएको योजना व्यवस्थापक एनआइबीएल एस क्यापिटलले जनाएको छ ।
यसमा पुस १२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएमा पुस १२ गतेसम्म खुला रहनेछ । प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ ।
न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड ६० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् ।
वि.सं.२०७९ पुस ७ ०७:२७




















