मुक्तिनाथ क्यापिटलले डिम्याट खाताको वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह

मुक्तिनाथ क्यापिटल लिमिटेडले आफ्ना सेवाग्राहीलाई डिम्याट खाता नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ ।
कम्पनीले मुक्तिनाथ विकास बैंक लिमिटेड र लुम्बिनी विकास बैंक लिमिटेडका शाखा कार्यालयमार्फत डिम्याट खाता खोलेका सेवाग्राहीलाई वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको हो ।
खातावालाहरूले प्रत्येक आथिक वर्षको १०० रुपैयाँका दरले वार्षिक नवीकरण शुल्क बुझाउनुपर्ने प्रावधान रहेको छ ।
खातावालाहरूले मुक्तिनाथ क्यापिटल ,मुक्तिनाथ बैंक वा लुम्बिनी विकास बैंकमध्ये आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा सम्पर्क गरी शुल्क बुझाउन सक्नेछन् ।
मेरो सेयर प्रयोगकर्ताले मेरो सेयर लगइन गरी विद्युतीय भुक्तानी माध्यमबाट शुल्क बुझाउन सक्नेछन ।
वार्षिक शुल्क भुक्तानी नगरेका खातावालाहरूको खाता उक्त शुल्क भुक्तानी नगरेसम्मका लागि फ्रिज गरिने र मेरो सेयरसमेत निष्क्रिय गरिने कम्पनीले जनाएको छ ।
वि.सं.२०८१ जेठ २२ १३:५९