भरतमणि पौडेल बने कमेडी च्याम्पियन सिजन–२ को विजेता
काठमाडौं । भरतमणि पौडेल कमेडी च्याम्पियन सिजन–२ को विजेता बन्न सफल भएका छन् ।शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई विजेता घोषित गरिएको हो । भरतमणिले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गरे ।
यस्तै सन्तोष थापा सेकेन्ड रनरअप भए । उनले स्कुटर प्राप्त गरे । यसैगरी फस्ट रनरअप बिक्की अग्रवाल बन्न सफल भए भने टीभीएस अपाचेको मोटरसाइकल प्राप्त गरे ।
वि.सं.२०७८ असोज २ २३:०४




















