back
prabhu insurance
himalayanlife

रमेश दियालीले अमेरिकामा तयार पारेको म्युजिक भिडियो नेपालमा सार्वजनिक

काठमाडौं । विदेशमा रहेर पनि नेपाली गीत संगीतमा सक्रिय रहँदै आएका गीतकार तथा मोडल रमेश दियालीले अमेरिकामा तयार पारेको गीत र त्यसको म्युजिक भिडियो नेपाल आएर सार्वजनिक गरेका छन्।
उनको माया प्रेमले भरिएको नविनतम गीत आशा राखी मनको एउटा पत्र कोरी छोडी दिए शुक्रवार ओएसआर डिजीटलको युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

गीतमा कुशल आख्यानकार समेत रहेका दियालीको गीत रचना रहेको छ भने सुरेश अधिकारीले संगीत भरेका छन्। नेपालमा रेकर्ड गरिएको गीत बानिका प्रधानको गाएकी छिन्।

गीतको म्युजिक भिडियो फिल्मी शैलीमा तयार पारिएको छ। अमेरिकामा छायांकन गरिएको म्युजिक भिडियोमा एक प्रेमिल जोडीको माया प्रेमको कथा छ। म्युजिक भिडियो लक्ष्मण दियालीले निर्देशन गरेका छन् भने छायांकन बिनोद लाम्गदेको छ।

यो आकर्षक म्युजिक भिडियोमा गीतकार रमेश दियालीका साथमा मुना क्षत्री र श्रद्धा परियारले लोभलाग्दो अभिनय गरेका छन्।

भुटानी मुलका नेपाली युवा दियालीले दर्जनौं गीत रचना गरेका छन् भने थुप्रै म्युजिक भिडियोमा मोडलिङसमेत गर्दै आएका छन्। उनले छाप्रो नं। ५५ नामक उपन्यासबाट अन्तराष्ट्रिय पुरस्कार चुमेका छन्।

उनको यो कृतिलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजलेसर्वोत्कृष्ट डायस्पोरा कृति पुरस्कार प्रदान गरेको छ। भुटानी शरणार्थीकै विषयमा लेखिएको छाप्रो नं. ५५ ले धेरैको मन जितेको थियो।
दियालीले यो गीतले आप्mना अघिल्ला गीतले जस्तै दर्शक स्रोताको मन जित्ने अपेक्षा गरेका छन्।