back
prabhu insurance
himalayanlife

अफ्रिता र राजको सहकार्यमा ‘कस्तो त्यो वेदनाले’ भिडियो सार्वजनिक

काठमाडौं । अफ्रिता खड्गीले आफ्नो डेब्यु म्युजिक भिडियो ‘कस्तो त्यो वेदनाले’ सार्वजनिक गरेकी छिन्। राज लिम्बुको यस गीतमा शब्द, संगीत रहेको छ।

गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ। गीतमा बाल्यकालको साथी संगको प्रेम र मित्रतालाई स्मरण गरिएको छ। भिडियोमा स्वयम् गायिका खड्गी फिचर्ड छिन् भने बालकलाकार समृद्धि र सौरभको समेत अभिनय समावेश छ।

कुलेखानी र ललितपुरमा छायांकन गरिएको भिडियोलाई इसाक जबेगुले छायांकन गरेका हुन्। सहायक छायाँकार धिरेन तुम्बापो लिम्बु रहेका छन्।

भिडियोमा संजु थलाङको मेकअप रहेको छ। हाङ चेम्जोङको निर्देशनमा भिडियो तयार पारिएको हो। ‘राज लिम्बु अफिसिएल’ मार्फत भिडियो सार्वजनिक भएको हो ।