back
stc
prabhu insurance

चर्चित ब्राजिलियाली गायिका मारिलिया मेन्डोन्काको विमान दुर्घटनामा निधन

काठमाडौं । चर्चित ब्राजिलियाली गायिका मारिलिया मेन्डोन्काको विमान दुर्घटनामा निधन भएको छ। उहाँ २६ वर्षीया मात्र हुनुहुन्छ। ब्राजिलको मिनास गेरियास राज्यको ग्रामिण इलाकामा पर्ने क्षेत्रमा भएको विमान दुर्घटनामा अन्य चार जनाको ज्यान गएको छ । मृत्यु हुनेमा मेन्डोन्काकी काका, निर्माता र दुई जना विमानका कर्मचारी रहेका छन्।

उहाँ चर्चित ग्रामी अवार्ड विजेता हुनुहुन्छ । दुई वर्षीय छोराकी आमा मेन्डोन्काले शुक्रबार कन्सर्ट गर्ने कार्यक्रम थियो। कन्सर्ट हुने ठाउँ दुर्घटना भएको क्षेत्रभन्दा १२ किलोमिटर दुरीमा पर्छ । कन्सर्टका लागि निजीविमान चढ्नुअघि उहाँले सामाजिक सन्जालमा भिडियो पोस्ट पनि गर्नुभएको थियो ।

‘ब्राजिलमा क्विन अफ सफरिङ’ का रुपमा परिचित मेन्डोन्काले कोरोना महामारीका कारण स्टेजका प्रस्तुतिहरु रद्द भएपछि अनलाइनमार्फत् गरिएको ‘गिग्स’ मा एकैपटक ३३ लाखसम्म दर्शकले हेरेका थिए। –बिबिसी