back
stc
prabhu insurance

जुजुकाजीको ‘मतिनाया गल्ली’

काठमाडौं । बरिष्ठ गायक जुजुकाजी रञ्जितले नेपाल भाषाको नयाँ आधुनिक गीतिसँग्रह‘ मतिनाया गल्ली’ बजारमा ल्याएका छन् । काठमाडौंमा एक समारोहबीच यो गीतिसँग्रहको जनकवि दुर्गालाल श्रेष्ठ, डा. मल्ल के सुन्दर, पूर्व मुख्य सचिब केशवराज राजभण्डारीलगायतले विमोचन गरेका छन् ।

यो गीतिसँग्रहमा आठ वटा गीत रहेको छ । सँग्रहका चारवटा गीतमा जुगल डँगोल र बाँकी चार गीतमा मनराजा नकर्मीको संगीत रहेको छ । ती सबै गीतको संगीत संयोजन जुगलले गरेका हुन् ।

सँग्रहका गीतलाई गायक जुजुकाजी रञ्जितले गायका हुन् । दुई वटा गीतमा भने जुजुकाजीसँगै गायिका निशा देसार र अर्की गायिका रत्नशोभा महर्जनको स्वर रहेको छ । सँग्रहका सबै गीतलाई दुर्गालाल श्रेष्ठले लेखेका हुन् ।

कैसल्या रञ्जितको प्रस्तुति रहेको यो गीतिसँग्रहको छन्त लुमंका‘गीतको भिडियो समेत सो कार्यक्रममा सार्वजनिक गरिएको थियो ।

सो भिडियोलाई हाईलाईट्सबाट रिलिज गरिएको पनि कार्यक्रममा जानकारी गराईयो । सँग्रहका अरु गीतको भिडियो पनि क्रमश तयार गरेर दर्शकमाझ ल्याउने गायक जुजुकाजीले सो क्रममा बताए ।