back
stc
prabhu insurance
nabil

उदियमान गायक विक्रान्त पोखरेलको नयाँ गीत ‘भीरमा टुनी छ’ बजारमा

काठमाडौं । उदियमान गायक विक्रान्त पोखरेलको नयाँ गीत ‘भीरमा टुनी छ’ सार्वजनिक भएको छ । गायक पोखरेलकै शब्द तथा संगीतमा उक्त गीत बजारमा आएको हो ।

गीतमा गायिका शान्तिश्री परियारले स्वरमा साथ दिएकी छन् । गीतको संगीत संयोजन कृष्ण केसीले गरेका छन् भने मिक्सिङ राजकुमार बगरले गरेका छन् ।

गीतको म्यूजिक भिडियोमा लोमश शर्मा र अस्मिता रानापालको फिचरिङ रहेको छ । भिडियोलाई कुमार केसीले निर्देशन गरेका छन् भने दिनेश पराजुलीको छायाँकन गरेका छन् ।

अमृत चापागाईंको कलर तथा सम्पादन रहेको भिडियोलाई कुमार केसीकै यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको जनाएको छ ।

गोरखामा जन्मिका पोखरेल गीतसंगीतमा आफ्नो करिअर निर्माण गर्दै अगाडी बढेका छन् ।यस अघि उनको ‘वनमा टाँकी छ’ नामक गीत बजारमा आइसकेको छ । माया प्रेमको कथा बस्तुमा तयार यस लोकगीतमा जीवनमा घटेका घटनालाई कथावस्तुमा उतारिएको छ।