नेप्सेमा सिर्जना फाइनान्सको ११ लाख ५१ हजार कित्ता बोनस सेयर सूचीकृत
काठमाडौं । नेप्सेमा सिर्जना फाइनान्सको ११ लाख ५१ हजार ९५०.१७ कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट १३.५९ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बोनस अहिले सूचीकरण गरिएको हो ।
सिर्जना फाइनान्सलाई सिटिजन्स बैंकले एक्वायर गर्दैछ । सिटिजन्सले सिर्जनालाई १ः०.९५ सेयर स्वाप रेसियोमा एक्वायर गर्न लागेको हो । यसर्थ, सिर्जनाको १०० सय कित्ता सेयर हुनेले अब सिटिजन्सको नाममा ९५ कित्ता सेयर पाउनेछन् ।
वि.सं.२०७८ असार ४ ०६:५९



















