back
stc
prabhu insurance

बेष्ट फाइनान्सको न्युरोड शाखा स्थानान्तरण

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले काठमाडौंको न्युरोड शाखा कार्यालयलाई स्थानान्तरण गरेको छ । कम्पनीले सोही वडाको न्युरोड,पिपलवोट स्थित रमा गृह भवनमा आज भदौ ९ गते बुधवार उक्त शाखा स्थानान्तरण गरी कार्यालय संचालन गरेको हो ।

नयाँ शाखा कार्यालयको उदघाटन संस्थाका संचालक समितिका महिला संचालक सुशिला खनाल तथा नेपाल सुनचांदी व्यवसायी महासंघका उपाध्यक्ष एवं व्यवसायी महेन्द्र रत्न शाक्यले संयुक्त रुपमा उदघाटन गरेका थिए ।

कार्यक्रममा न्युरोड क्षेत्रका प्रतिष्ठित व्यवसायीहरु तथा संस्थाका पूर्व पदाधिकारी एव स्थानीय जनप्रतिनीधिको उल्लेखिय उपस्थिति रहेको थियो ।

नेपालको ४ वटा पुरानो र्फानान्स कम्पनीहरु मर्ज भई बनेको यस वेष्ट फाइनान्स कम्पनी लिमिटेडले हाल १४ वटा शाखा कार्यालय मार्फत आफनो सेवा दिदै आएको छ ।