back
hangrilabank
himalayanlife
stc

वाणिज्य बैंकहरुको निक्षेप संकलन घटेपनि कर्जा लगानी बढ्यो

काठमाडौं । भदौ महिनाको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप संकलन घटेपनि कर्जा लगानी बढेको छ ।

साउन महिनाको अन्तिम दिनसम्म ४१ खर्ब २३ अर्ब रुपैयाँ रहेको निक्षेप भदौ ४ गतेसम्ममा ६ अर्ब रुपैयाँले घटेको छ । बैंकर्स संघका अनुसार भदौ ४ गतेसम्म बैंकहरुसँग ४१ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।

2_8_25_2021_4_19_15.jpg
यता, कर्जा लगानी भने बढेको छ । साउन मसान्तमा ३७ खर्ब ६४ अर्ब रुपैयाँ रहेको कर्जा लगानी १४ अर्ब रुपैयाँले बढेको छ । भदौ ४ गतेसम्म वाणिज्य बैंकहरुले ३७ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।