भदौ १५ बाट नेशनल माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामी खुल्दै

काठमाडौं । भदौ १५ गतेबाट १८ हजार कित्ता संस्थापक समूहको नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले सेयर लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले यसको भाउ प्रतिकित्ता १ हजार २२ रुपैयाँ तोकेको छ ।
लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
यसमा भदौ २३ गतेभित्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नक्साल काठमाडौँमा पुग्नेगरी आवेदन दिनु पर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
वि.सं.२०७८ भदौ १३ ११:०३