नेपाल इन्भेष्टर्स फोरममा नयाँ नेतृत्व

काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले ४ आर्थिक वर्षको वार्षिक साधारण सभा शनिबार सम्पन्न गरेको छ । फोरमले तह्रौं, चौधौं, पन्ध्रौं र सोह्रौं वार्षिक साधारण सभा एकै पटक सम्पन्न गरी नयाँ अध्यक्षसहितको कार्यसमिति चयन गरेको छ । सभाबाट तुलसीराम ढकाल नयाँ अध्यक्ष चयन भएका छन् ।
यस्तै, उपाध्यक्षमा राजन लम्साल र अञ्जिब तुलाधर, महासचिवमा दुर्गा तिवारी, सचिवमा विश्वेश्वर सुवेदी र कोषाध्यक्ष हरिचन्द्र खनाल रहेका छन् ।
साथै, अम्बिका शर्मा लामिछाने, अतीतलाल श्रेष्ठ र सिर्जना सुबेदी कार्यसमिति सदस्यमा चयन भएका छन् । विविध कठीनाई र कोभिड १९ का कारण नियमित वार्षिक साधारण सभा गर्न नसकिएको फोरमको भनाई छ ।
वि.सं.२०७८ भदौ १३ ११:२७