back
stc
prabhu insurance

फर्स्ट माइक्रोफाइनान्सले कमायो २ करोड ९६ लाखभन्दा ४८ हजार रुपैयाँ खुद नाफा

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २ करोड ९६ लाख ४८ हजार रुपैयाँ खुद नाफा गरेको छ ।

गत वर्षको यही अवधिमा संस्थाले २ करोड ९७ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। गत वर्षकोभन्दा यस चालू आवको नाफामा ०.२३ प्रतिशतले गिरावट भएको छ ।

पहिलो त्रैमाससम्म संस्थाको खुद व्याज आम्दानी पनि ९.१७ प्रतिशतले घटेर ४ करोड ७९ लाख रपैयाँमा सिमित भएको छ ।

त्यस्तै, संस्थाको अन्य सञ्चालन आम्दानी भने २८० प्रतिशतले बृद्धि भएको संस्थाले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ । संस्थाको चुक्ता पुँजी ९६ करोड ४४ लाख रुपैयाँ र जगेडा कोषमा २० करोड ३६ लाख रुपैयाँ रहेको छ ।

संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) १२ रुपैयाँ ३० पैसा र प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ ११ पैसा रहेको छ ।