काठमाडौ । आज माघ ४ गते नेपाल फाइनान्सको लिलामी सेयरमा आवेदन दिन अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।
फाइनान्सले पुस २० गतेदेखि ११ लाख १६ हजार ६१६.१८७ कित्ता संस्थापक समूहको सेयर लिलामी मार्फत बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।
न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्दैछ ।
प्रकाशित समय १०:१७ बजे