back
stc
prabhu insurance

आइसिएफसि फाइनान्सले ऋणपत्र निष्काशन गर्ने

काठमाडौं । आइसिएफसि फाइनान्सले ३० करोड रुपैयाँ बरावरको ऋणपत्र निष्काशन गर्ने भएको छ ।

कम्पनीलाई नेपाल राष्ट्र बैंकले प्रति ऋणपत्र १ हजार रुपैयाँ अंकित दरको ३० करोड रुपैयाँ बरावरको ३० लाख कित्ता,९ प्रतिशत ब्याजदर रहेको आइसिएफसि फाइनान्स डिबेञ्चर २०८८’ नामक ऋणपत्र निष्काशन गर्न स्वीकृति दिएको हो ।

कम्पनीको गत चैत १९ गते बसेको सञ्चालक समितिको बैठकले ऋणपत्र निष्काशनको लागि नेपाल राष्ट्र बैंकमा स्वीकृतका लागि पठाउने निर्णय गरेको थियो ।

नेपाल राष्ट्र बैंकले कम्पनीको उक्त प्रस्तावलाई जेठ २८ गते स्वीकृती दिएको हो ।