कागेश्वरी मनोहरा नगरपालिकाको ७६ओैं बैठकका निर्णयहरू

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको ७६ औं नगरकार्यपालिका बैठक सम्पन्न भएको छ । साउन ३१ गते आइतबार नगर प्रमुख कृष्णहरि थापाको अध्यक्षतामा बसेको उक्त बैठकले निम्न निर्णय गरेको नगर प्रवक्ता राजाराम पुडासैनी प्रेस बिज्ञप्ति मार्फत जानकारी गराएका छन ।
निर्णयहरु :
१, चालु आर्थिक वर्षमा प्रदेश सरकारको ससर्त अनुदान अन्तर्गतका योजनाका लागि नगरपालिकालाई प्राप्त रकम रु ६,१०,९२०० र संघिय सरकारको ससर्त पुँजीगत अनुदानका योजनाहरुमा प्राप्त रकम ७,४४,००,००० समेतबाट गर्ने योजना ठेक्का मार्फत बाट गर्ने योजनाका प्रक्रिया शुरु गर्न र लागत सहभागिता५०र५० का योजना वडा मार्फत माग गर्ने ।
२, आर्थिक बर्ष २०७८र७९का लागि नगर सभा बाट आनुमोदन भएका वडा स्तरीय योजना तथा वडा बाट ठेक्का मार्फत निर्माण कार्य अगाडी बढाउन सिफारिस भई आएका योजना बहादर मसान्त देखि नै कार्यन्वयनका लागि प्रक्रिया अगाडी बढाउने ।
३, नगरपालिका भित्र रहेका खेलकुद संग सम्बन्धित संस्थार क्लब गठन सम्बन्धि कार्यविधि २०७८ पारित भई सो पारित कार्यविधि बमोजिम संस्था तथा क्लबलाई दर्ता नवीकरण तथा नियमन गर्ने कार्य शुरु गर्ने ।
४, नगर अस्पताल मुलपानीको सेवा विस्तारका लागि आवश्यक पर्ने जग्गा व्यवस्थापनका लागि नेपाल सरकारले तोके बमोजिमको मापदण्ड पुरा हुने गरि सोहि नगर अस्पतालनिर्माण भएको जग्गालाई नगरपालिकाको भोगाधिकारका लागि लिज प्रक्रियाबाट ल्याउने ।
५, शैक्षिक कार्यक्रमलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंको परिपत्र बमोजिम संक्रमितको संख्यामा नियन्त्रण नभएको हुँदा अर्को व्यवस्था नभए सम्म प्रत्यक्ष पठनपाठन प्रक्रियालाइ रोकी भर्च्युल माध्यमबाट नै कक्षा सचालन गर्ने ।
६, नगरपालिका भित्रका मुख्य सडक र चोकमा सडक बत्ति तथा सुरक्षाका लागि सिसि टिभी क्यामरा जडान, खुल्ला व्यायामको वडा नं ५ र ६ मा हाल व्यवस्था भईरहेको र अन्य वडामा खुल्ला ब्यायामको व्यवस्था गर्ने कार्यको लागि टेन्डर मार्फत आवश्यक प्रकृया शुरु गर्ने निर्णय भएको उल्लेख गरिएको छ ।
वि.सं.२०७८ साउन ३२ १६:३९