back
stc
prabhu insurance

नेपालमा अवसरबारे भारतीय पूर्वाधार कम्पनीहरुसँग अन्तरक्रिया

काठमाडौं । नेपालमा परियोजना सञ्चालन गर्दा उपलब्ध अवसर सम्बन्धमा भारतीय राजदूतावासले भारतीय उद्योग परिसंघ (सीआईआई) तथा नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सम्मुपस्थितिमा पूर्वाधार क्षेत्रसँग सम्बन्धित प्रमुख भारतीय कम्पनीहरुसँग एक भर्चुअल अन्तरक्रिया कार्यक्रमको आयोजना ग¥यो ।

भारतीय राजदूतावासका नियोग उप–प्रमुख श्रीमती नामग्य खम्पाले कार्यक्रममा उपस्थित सबै सहभागीहरुलाई सम्बोधन गर्नुभएको थियो । त्यस लगत्तै उपस्थित सहभागीहरुलाई भारतीय दूतावासले पूर्वाधार क्षेत्रबारे जानकारी गराएकोे थियो ।

उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्माले सहभागीहरुसँग कुराकानी गर्नुका साथै वहाँहरुका जिज्ञासा र प्रश्नहरुको जवाफ पनि दिनुभएको थियो ।

उक्त कार्यक्रमको सञ्चालन जीएमआर इनर्जीका प्रमुख कार्यकारी अधिकृत श्री एस एन बर्देले गर्नुभएको थियो ।

नियोग उप–प्रमुख खम्पाले नेपाल भारतको विशेष साझेदार तथा सबैभन्दा महत्वपूर्ण छिमेकी भएको चर्चा गर्दै भारतको एकीकृत दक्षिण एसियाली क्षेत्रको लक्ष्यलाई अघि बढाउन नेपाल प्रमुख सहयोगीको रुपमा रहेकोे उल्लेख गर्नुभयो ।

खम्पाले आर्थिक विकासका लागि नेपालले गरेको प्रयासमा पूर्वाधार क्षेत्रको ठूलो भूमिका रहेको चर्चा गर्नुभयो । यस क्षेत्रको बढ्दो अवसरबारे चर्चा गर्दै खम्पाले नेपाललाई प्राथमिकताको सूचीमा राखी यहाँका अवसरबाट लाभ लिन भारतीय कम्पनीहरुलाई सुझाव दिनुभयो ।

नेपालमा व्यवसाय क्षेत्रमा सहभागीता जनाउन सहसचिव श्री केशव कुमार शर्माले भारतीय कम्पनीहरुलाई स्वागत गर्नुका साथै वहाँले पूर्वाधार क्षेत्रमा बोलपत्रको मात्रा, दायरा र प्रकृतिबारे जानकारी दिनुभएको थियो ।

उहाँले फन्डिङ्ग मोडालिटी, जोइन्ट भेन्चर र अन्य विषयहरुमा सहभागीहरुले उठाएका प्रश्नहरुको जवाफ दिनुभएको थियो । वहाँले परियोजनाको मापदण्ड अनुरुप उपयुक्त हुने स्थानीय साझेदारहरुसँग सम्बन्ध विस्तार गर्न सहभागीहरुलाई प्रोत्साहित पनि गर्नुभएको थियो ।
गएका केही वर्षहरुमा भारतीय पूर्वाधार कम्पनीहरुले भारत भित्र तथा भारत बाहिर प्रमुख

परियोजनाहरुको विकास गर्दै गणस्तरीय निर्माण, समयावाधि भित्रै निर्माण सम्पन्न तथा मूल्य प्रतिस्पर्धाका लागि छुट्टै पहिचान बनाउन सफल भएको छ । भारतीय पूर्वाधार कम्पनीहरुलाई नेपालमा वृद्धि भइरहेका पूर्वाधार क्षेत्रप्रति आकर्षित गरी नेपालका साझेदारहरुसँग हातेमालो गर्दै प्रविधि, सीप र ज्ञान आदानप्रदान गर्ने उद्देश्यका साथ सो अन्तक्रियाको आयोजना गरिएको हो ।