केयुकेलका नेताको आन्दोलन गर्ने धम्की

काठमाडौ । भष्टाचारी र अनियमित काम गर्ने कर्मचारीहरु र ठेकेदारका सुरक्षा कबज रहदै आएका केयूकेएल कर्मचारी युनियनका नेता कर्मचारीहरुलाई केन्द्रमा सरुवा गर्ने तयारी भएपछि केयूकेएलका सबै कर्मचारी यूनियनहरू एकजुट भएर आन्दोलनको धम्की दिएका छन ।
काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) मा क्रियासिल पाँच कर्मचारी युनियनहरुले सात दिन भित्र आफुहरुसँग भएको सम्झौता लागु नभए श्रम ऎन अनुसार आन्दोलनमा जाने व्यवस्थापनलाई चुनौती दिएका छन् ।
कर्मचारीहरु वीच बद्नाम केही कर्मचारी नेताहरुको जागिर अवधि छोटिदै गएपछि अनावश्यक आर्थिक माग राखेर आन्दोलनको धम्की दिएका हुन ।
केयूकेएल आफै कर्मचारीहरुलाई तलवसम्म खुवाउने अवस्थामा छैन । कर्मचारीहरुका यूनियनहरुका नेताहरु आफै राम्रो शाखामा बसेर अबैध ढंगले आर्थिक चलखेल गर्दै आएका छन ।
नेपाली कांग्रेस रामचन्द्र निकट सन्दबहादुर बोहोराले नेतृत्व गरेको युनियन अध्यक्ष आफै जाउलाखेल शाखाका लेखा प्रमुख हुन । उनीको जागिरको अबधि एक वर्ष जति मात्र रहेको छ ।
उनी ५७ वर्ष पुगि सकेका छन्। त्यसैले अझै एक वर्ष त्यही शाखामा बसेर विदा हुने इच्छा राख्दै आएका छन ।
त्यसैगरि नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकट युनियनका अध्यक्ष दक्ष पोख्रेल पनि महाराजगञ्ज शाखामा खरिद प्रमुख छन । उनी पनि यहि शाखा वा यस्तै अर्को आर्कषक शाखामा सरूवा हुन खोजी रहेका छन । यस यूनियनकी महासचिव शारदा बोहोरा केयूकेएलकै राम्रो आयोजना पिआईडीको लेखामा कार्यरत छिन ।
नेकपा एमाले, माओवादी केन्द्र र माधव नेपाल समुहको एउटै संयुक्त संगठनको अध्यक्ष नवलसिंह साउद पनि जागिरको अन्तिम वर्ष तिर लाग्दै छन । उनी पनि केहि सुविधा बढाएर घर जाने सोचमा छन ।
उनी अहिले महाँकाल चौर शाखाका खरिद र प्रशासन प्रमुख रहेका छन्। साउदलाई पनि केन्द्रमा सरूवा गर्ने तयारी भैरहेको छ । तर पनि उनी अनेकौं बहाना र शक्ति केन्द्र प्रयोग गरेर केही वखेडा झिकेर यहि ठाउँमा टिकिरहने इच्छा राख्दै आएका छन ।
यस यूनियनका महासचिव कर्णबहादुर घनामगर पनि केयूकेएलकै आयोजना पिआईडिमा कार्यरत छन ।
यसैगरि आफुलाई स्वतन्त्र दावी गर्ने नेकपा विप्लव समुह निकट गोपालसिंह धामीले नेतृत्व गरेको यूनियनले पनि यीनै युनियनको दासत्व स्वीकार गर्दै आएको छ ।
यस युनियनका अध्यक्ष धामी भने केन्द्रिय कार्यालयमा सरुवा भएर आएका छन । यस युनियनको च्याँखे दाउँ भने भष्ट कर्मचारी बारे विप्लव समुहलाई सुचना दिएर चन्दा असुल गर्नु रहेको छ।
पूर्व पञ्चहरुको पार्टी राप्रपा निकट रहेको यूनियनका अध्यक्ष पनि केयुकेएल त्रिपुरेश्वर शाखाका लेखा प्रमुख हुन । उनी त्यहाँ सरुवा भएको एक वर्ष हुदैछ । त्यसैले उनी पनि यसै ठाउँमा टिकि रहने चलखेलमा छन ।
त्यसैले आफ्ना स्वार्थका पोकाहरुलाई कसिलो बनाउने खेलमा यूनियनका नेताहरु लगेका छन, अन्य कर्मचारी मुकदर्शक जस्तै देखिएका छन ।
त्यसैले भदौ १३ गते आइतबार केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन कुमार शाक्यलाई भेटी सात दिन भित्र युनियनहरुसँग भएको सम्झौता कार्यान्वयन गर्न आग्रह गर्दै कार्यान्वयन नभए आन्दोलनमा जाने जानकारी गराएर चेतावनी दिई आफ्नो पद र मालदार ठाउँमा टिकि रहने नीति लिएका छन ।
कम्पनी व्यवस्थापनले कर्मचारी युनियनहरुसँग गत २०७८ साउन ७ गते पेशागत मागहरू कार्यान्वयन गर्ने सहमति गरेको थियो ।
सम्झौतामा कर्मचारीले पाउदै आएको उपदान २ महिनाबाट ४ महिना पुर्याउने , सेवा अवधी ५८ वर्षबाट ६० वर्ष हुने, बिमा रकम वृद्धि गर्ने, करारबाट स्थायी भएका कर्मचारीको सेवा अवधी जोडिने , समय सापेक्ष खानेपानीको महसुल वृद्धि लगायत संस्थागत सुधार विषयमा सम्झौता भएको थियो ।
युनियनहरुसँग भएको सम्झौता कार्यान्वयनमा युनियनका नेताहरु जोड दिदै आएका छन । निहित स्वार्थका लागि अनावश्यक माग राखेर केयूकेएलमा बखेडा निकाल्ने युनियनहरुका अध्यक्ष र महासचिवलाई केन्द्रिय कार्यालयमा सरुवा गरेर केयूकेएलको भष्टाचारलाई न्युनिकरण गर्न केही कर्मचारीहरुले सिइओ शाक्यलाई दवाव दिन थालेका पनि छन्।
वि.सं.२०७८ भदौ १४ १७:३७