back
hangrilabank
himalayanlife
stc

एमसीसी उपप्रमुख सुमार नेपाल आउने

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा जेट। सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न अर्को साता नेपाल आउने भएकी छन् ।

एमसीसी परियोजना कार्यान्वयन भएका देशहरुमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्ने क्रममा उनी नेपाल आउन लागेकी हुन् ।

नेपाल भ्रमणमा रहँदा उनले एमसीसी परियोजना कार्यान्वयनको अवस्थाबारे विभिन्न पक्षहरुसँग कुराकानी गर्ने बताइएको छ । उनले एमसीसी हेडक्वाटरमा विशेष गरी गरीबी निवारणका लागि लक्षित परियोजनाहरुको सुपरीवेक्षण गर्ने छिन्।

सुमारले प्रधानमन्त्री शेरबहादुर देउवा,प्रचण्ड, केपी शर्मा ओली, उपेन्द्र यादव, महन्थ ठाकुर, माधव नेपाल लगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

राजनीतिक खिचातानीका कारण सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसीसी परियोजना अझै अगाडि बढ्न सकेको छैन ।

एमसीसी परियोजना ६० अर्बको हुनेछ। यसमा अमेरिकाले करिव ५० अर्ब र नेपालले करिव १० अर्ब लगानी गर्नेछ।

उक्त रकमले एमसीसीले नेपालमा ३१२ किमि लामो ४०० केभीको विद्युतीय ट्रान्समिसन लाइन निर्माण, ८५० वटा विद्युतीय टावर जडान,३ वटा ४०० केभी क्षमताका सव स्टेशन निर्माण,१०० किमि सडक विस्तार गर्ने छ ।

यो परियोजनाको समयावधि ५ वर्ष हुनेछ। सुमर एमसीसी परियोजनाको कभरमा सिआईएको एसएसपी रहेको राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश प्रसाद अधिकारी निकट स्रोतले बतायो।