back
stc
prabhu insurance

काठमाडौँ महानगरले सम्पदा संरक्षण, विकास र समृद्धिप्रति एक चित्त भएर लाग्ने अभिभावक गुमायो: मेयर शाक्य

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले, वडा १९ का अध्यक्ष शशीलाल श्रेष्ठको निधन भएपछि आफूलाई अभिभावक गुमाएको अनुभूति भएको बताउनु भएको छ ।
आज एक शोक सन्देश जारी गर्दै उहाँले श्रेष्ठको अकल्पित निधनले आफूलाई अत्यन्तै मर्माहत र स्तब्ध बनाएको बताउनु भएको छ ।

सन्देशमा प्रमुख शाक्यले मृत आत्माको चीर शान्तिको काम गर्दै वियोग पीडामा रहनु भएका शोकाकुल एवम वेदनाग्रस्त परिवारजनमा जनप्रतिनिधि, कर्मचारी र महानगरवासीको तर्फबाट समवेदना प्रकट गर्नुभएको छ ।

श्रेष्ठको परलोक गमनपछि महानगरपालिकाले सम्पदा संरक्षण, विकास र समृद्धिप्रति एकचित्त भएर लाग्ने एक अभिभावक गुमाएको छ । उहाँको योगदान काठमाडौँ महानगरपालिकाले स्मरण गरिरहनेछ । प्रमुख शाक्यको शोक सन्देशमा उल्लेख गरिएको छ ।

मृतक श्रेष्ठका ३ छोरी, १ छोरा र श्रीमती हुनुहुन्छ ।

हिजो साँझ ५ बजेर २६ मिनेटमा उपचारका क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन हुनु भएका श्रेष्ठको शव राती अस्पतालमै राखिएको थियो ।

आज विहान करीव साढे ९ बजेतिर अन्तिम श्रद्धाञ्जली शवलाई वडा प्राङ्गण दमाइ टोल लगियो । त्यहाँ पुगेर प्रमुख शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु वडा सदस्यहरु, कर्मचारीसँगै स्थानीयबासीले पार्थिक सरीरमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो ।

मध्यान्न १ बजेसम्म वडामा राखिएको शव त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगियो । त्यहाँ आएका शुभचिन्तकले श्रद्धाञ्जली दिएपछि अहिले अन्तिम संस्कार भइरहेको छ ।

मृतक श्रेष्ठ सरल, असल, मृदुभाषी, निडर, महानगरपालिकाको सम्पदा संरक्षण, विकास र समृद्धिप्रति प्रतिवद्ध हुनुहुन्थ्यो । २०१३ साल पुस १४ गते जन्मिनु भएका श्रेष्ठ विगत डेढ महिनादेखि खाना नलीको क्यान्सरको उपचार गराइ रहनु भएको थियो ।

भदौ १६ गते बेलुका करीव साढे १० बजे उल्टी भएर असजिलो हुन थालेपछि उपचारका लागि उहाँलाई नर्भिक अस्पताल लगिएको थियो । उहाँको क्यान्सरको उपचार पनि त्यहीँ चलिरहेको थियो ।
१७ गते मध्यान्न करीव १ बजेसम्म स्वास्थ्य अवस्था सामान्य थियो । दिउँसो २ बजे शौचालय गएर गएर फर्किएपछि छातीमा असजिलो भएको देखिन थालेको थियो ।

उहाँ आफैँले आसीयुमा उपचार गर्नुपर्छ भन्नुभएको थियो । त्यसपछि आईसीयु र भेन्टिलेटरमा राखेर उपचार जीवन बचाउने प्रयास गरिएको थियो ।

अन्तिम समयमा मधुमेह धेरै माथि र सोडियमको मात्रा निकै कम भए पछि बचाउने प्रयास विफल भएको थियो ।

उहाँले ०४३ सालमा पहिलो पटक वडा सदस्यका रुपमा काम काम गर्नुभयो । त्यसपछि ०४९ र ०५४ सालको स्थानीय निर्वाचनमा यसै वडाको वडाध्यक्षका रुपमा निर्वाचित हुनुभयो ।

साविक स्थानीइ निकाय जनप्रतिनिधिविहिन भएका बेला ०६० सालमा उहाँ मनोनित वडाध्यक्ष हुनुभएको थियो ।

त्यसपछि शासन व्यवस्था परिवर्तनसँगै ०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्दै फेरि वडाध्यक्षमा निर्वाचित हुनुभयो ।

मृत्यु हुने दिन पनि उहाँ वडामा मानिसहरुको हुल भयो होला । भनेर चिन्ता गरिरहनु भएको थियो ।
उहाँको निधनमा शोक मनाउँदै काठमाडौँ महानगरपालिकाले आज एक दिन आफू मातहतका सबै कार्यालय विदा गरेको छ ।

No description available.