सेजनको अध्यक्षमा बराल निर्वाचित

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को भदौं १८ गते शुक्रबार भएको २२ ओैं साधारणसभा र महाअधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
सेजनको महाधिवेशनबाट अध्यक्षमा जनार्दन बराल, उपाध्यक्ष सुजन ओली, महासचिव भागवत भट्टराई, सचिवमा हिमाल पौडेल, कोषाध्यक्ष लक्ष्मी सापकोटा र सदस्यहरूमा इशारा कोइराला,अच्युत पुरी, सि बि अधिकारी,सोभित थपलिया, अमर बडुवाल निर्वाचित भएका छन्।
अध्यक्ष बराल जनता समाजवादी पार्टी निकट हुन। उनले ११४ र निकटतम प्रतिद्वन्द्वी आशिष् ज्ञवालीले ८० मत ल्याएका थिए। सेजनको निर्वाचनमा पुर्व अध्यक्ष प्रतीक प्रधान र गोकर्ण अवस्थिले मतदान नगरि बहिस्कार गरेका थिए।
वि.सं.२०७८ भदौ १९ ०७:४४