पाँच वर्षे रणनीति ल्याउँदै लगानी बोर्ड

काठमाडौँ । पाँच वर्षे व्यावसायिक योजना सहितको लगानी बोर्ड नेपालले रणनीति ल्याउन लागेको छ । बोर्डको १०औँ वार्षिकोत्सवका अवसरमा रणनीतिक योजना (२०७८/०८२)( सार्वजनिक गरिने जानकारी बोर्डले दिएको छ ।
भदौ २३ गते आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाले रणनीति सार्वजनिक गर्नुहुने जनाइएको छ ।
साथै नेपाल इन्भेस्टमेन्ट गाइड, २०२१ र कफी टेबल बुकसमेत सार्वजनिक हुने जनाइएको छ । त्यस अवसरमा आयोजना हुने कार्यक्रममा नेपालका लागि विभिन्न देशका राजदूत लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सोही दिन विभिन्न विषयमा विज्ञ समूह छलफल पनि आयोजना गरिने जनाइएको छ ।
वि.सं.२०७८ भदौ २२ ०९:१५