नेप्सेमा दुई बैंकको ऋणपत्र सूचिकृत, आजदेखि कारोबार हुने
काठमाडौं । नेप्सेमा प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र सूचिकृत भएको छ । कम्पनीले ८ दशमल ७५ प्रतिशत ऋणपत्र २०८५ नामक ऋणपत्र सूचिकृत गराएको हो ।
प्राइम कमर्सियल बैंकको २४ लाख ४७ हजार ९६३ कित्ता ऋणपत्र सूचिकृत भएको हो । अब यस ऋणपत्र मंगलवारदेखि लगानीकर्ताले खरीदविक्री गर्ने सक्नेछन् ।
हिजो सोमवार नेप्से र कम्पनी बीच धितोपत्र सूचिकरण सम्झौता सम्पन्न भएसँगै आज मंगलवारबाट कारोबार शुरु हुने भएको हो ।
त्यस्तै, सांग्रिला डेभलपमेण्ट बैंकको ७ लाख ५० हजार कित्ता ऋणपत्र सूचिकृत भएको हो । अब यस ऋणपत्र आज मंगलवारदेखि खरीदविक्री गर्न सकिने छ ।
कम्पनीले वार्षिक ९ प्रतिशत ब्याजदरमा निष्काशन गरेको सांग्रिला डेभलपमेण्ट बैंक ऋणपत्र २०८७ नामक ऋणपत्र सूचीकृत गराएको हो ।
वि.सं.२०७८ भदौ २२ ०८:४७




















