केयूकेएलको क्षेत्रपाटी शाखामा व्यापक अनियमितता

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड क्षेत्रपाटी शाखाका प्रमुख निर्गेन्द श्रेष्ठले खानेपानी पाइपको लिक मर्मत र बाहिरी चक्रपथको काममा व्यापक आर्थिक अनियमितता र भ्रष्टाचार गरेको कार्यालय भित्र चर्चा भैरहेको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडको यो शाखा विगत वर्षमै त्रिपुरेश्वर शाखा र महाराजगञ्ज शाखामा गाम्नु पर्नेमा शाखा प्रमुखका कारण त्यो प्रक्रिया अगाडि पनि अगाडि बढ्न सकेको छैन ।
यो क्षेत्रपाटी शाखामा बाहिरी चक्रपथमा करोडौंको काम टेण्डर नगरिकन एकलौटी ढंगबाट ठेकेदारसँग मिलेर करोडौं हात पार्न सफल भएका श्रेष्ठ लाखौ भ्रष्टाचार गर्न यो शाखा नगाभिकन बसेका छन ।
मेलम्चीको पाइप जडानको लिक मर्मतमा श्रेष्ठ र लेखापाल मिलेर करिव ५० लाख बराबरको काम नगरिकन विल मात्र बनाएर भुक्तानी गरेर ठेकेदारसँग ४० प्रतिशतसम्म कमिशन खाएको चर्चा छ ।
यस शाखाले एक ठेकेदार मार्फत दश वटा निर्माण व्यवसायीको फर्म ल्याएर ठेकेदारलाई भ्याट सहित करिव ३० प्रतिशत दिएर आफुले ७० प्रतिशतसम्म भुक्तानी लिएको चर्चा छ । फर्म जम्मा पार्ने विचौलियाले फर्मवालालाई भ्याट सहित करिव २१ प्रतिशत दिएको पनि ठेकेदारहरुले बताउने गरेका छन ।
यसै विषयमा क्षेत्रपाटी शाखाका कर्मचारी स्रोतसँग बुझ्न खोज्दा उनले नियम अनुसार कागजपत्र मिलाएको, काम पनि गरेको र कमिशन माथिसम्म पठाएको भन्ने बुझिन आएको छ।
यस शाखाका प्राविधिक काम गर्ने कर्मचारीले लोक सेवा आयोग उत्तीर्ण गरि नेपाल सरकारको इन्जिनियरमा नाम निकालेर गएका र कामको सबै दोष तिनै कर्मचारीलाई थोपरेर उम्कने प्रयास गर्दै आएका छन ।
लेखापाल र श्रेष्ठले काम नै नगरिकन पैसा खाएपछि त्यहाँका कर्मचारीले अख्तियारमा उजुरी दिने तयारी गरेका छन । छिटै त्यहाँका कर्मचारीहरुले उजुरी दर्ता गर्ने भएका छन् ।
क्षेत्रपाटी शाखा अन्तर्गत पुरानो बस्ती र धेरै पुरानो पाइप लाइन भएका कारण यहाँ ठुलो संख्यामा लिक हुने अनुमान सहित रकम विनियोजन भएको थियो ।
तर, श्रेष्ठ र लेखापालले अन्य कर्मचारीहरुको आखाँमा छारो हालेर ठुलो राशि अनियमितता गरेको चर्चा छ । श्रेष्ठको काम देखेर काठमाडौं महानगरपालिकाका १७ नं वडाध्यक्ष समेत रूष्ट भएका छन ।
वि.सं.२०७८ भदौ २५ १०:३७