भदौं ३१ गते ४४ लाख डोज भेरोसेल खोप आउदै

काठमाडौं । कोरोना भाइरस विरुद्धको ४४ लाख डोज भेरोसेल खोप भदौं ३१ गते बिहिबार नेपाल आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जानकारी दिएको छ । सरकारले चीनबाट पछिल्लो पटक ६० लाख डोज खोप खरिद गरेको थियो । जसमा १६ लाख डोज खोप एक साता अघि आएको थियो ।
मन्त्रालयको व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखा स्रोतले खोप लिनका लागि भोली भदौं ३० गते नेपाल वायुसेवा निगमको जहाज चीन जाने भएको छ ।
यसअघि २४ लाख कोभिसिल्ड, ७४ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १७ लाख डोज अस्ट्राजेनेका खोप नेपाल आइसकेको छ । साथै सरकारले यही साताभित्र थप १ लाख डोज फाइजर खोप ल्याउने तयारी गरेको छ ।
स्तनपान गराइरहेका महिला र १२ वर्षभन्दा माथि उमेर समूहका नागरिकहरुलाई लगाउन खोप ल्याउन लागिएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताएका छन् ।
उनले १२ वर्ष उमेर माथिका सबै नागरिकलाई आगामी चैत्र मसान्तभित्र खोप दिई सक्ने सरकारको योजना,कार्यक्रम र प्रतिवद्वता रहेको बताएका छन। शेर बहादुर देउवा सरकार आइसकेपछि कोभिड विरूद्वको खोप अभाव भएको छैन। सरकारले निरन्तर खोप दिदै आएको छ।
वि.सं.२०७८ भदौ २९ ०८:५२