back
stc
prabhu insurance

भदौ ३० गते बेस्ट फाइनान्सको साधारण सभा 

काठमाडौं ।  भदौ ३० गते बेस्ट फाइनान्सको साधारण सभा बस्ने भएको छ । यसअघि स्थगित सभा पुनः भदौ ३० मा बस्न लागेको हो । कम्पनीले यसअघि वैशाख ३१ गते साधारण सभा बोलाएको थियो ।

तर कोरोना भाइरसका कारण लक डाउन जारी भएकाले त्यसबेला सभा स्थगित गरिएको थियो । साधारण सभा कम्पनीको प्रधान कार्यालय कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

यता, कम्पनीले यो वर्ष पनि लगानीकर्ताको हात रित्तो बनाउने भएको छ । लाभांश वितरण सम्बन्धी एजेन्डा छैन । कम्पनीले आर्थिक वर्ष २०६७/०६८ यता लाभांश वितरण गर्न सकेको छैन । सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्वायर हुनु परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि छ ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई दिने प्रस्ताव हुनेछ । यस बाहेक आर्थिक वर्ष २०७६/०७७ को वार्षिक वित्तीय विवरण, नाफा–नोक्सान हिसाब लगायतलाई पारित गर्ने एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनका लागि बेस्टले भदौ ८ गते बुक क्लोज गरिसकेको छ ।