चाँगुनारायण नगरपालिका विश्वका १० उत्कृष्ठ सूचीमा

काठमाडौं । चाँगुनारायण नगरपालिका संसारका उत्कृष्ठ १० नगरपालिकाको सूचीमा परेको छ । खुला तथ्यांक प्रणाली (ओपन डाटा सिस्टम) मा गरेको योगदानका कारण सो नगरपालिका संसारकै उत्कृष्ठ नगरको सूचीमा पर्न सफल भएको छ । यो नेपालको तर्फबाट उपाधि जित्ने पहिलो नगरपालिका समेत हो ।
संयुक्त राज्य अमेरिकाको न्युयोर्क विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ्ग अन्तर्गत सञ्चालित ओपन सिटी इन्क्युबेटर कार्यक्रमले यस्तो घोषणा गरेको छ ।
नगरपालिकाका तर्फबाट सूचना प्रविधि अधिकृत सिद्धान्त न्यौपाने नेपालको तर्फबाट यस कार्यक्रमको लागि सहभागिता जनाएका थिए ।
अहिले चाँगुनारायण नगरपालिकाले ओपन डाटाका लागि छुट्टै वेभसाइट निर्माण गरी सञ्चालनमा ल्याएको छ । https://changuportal.naxa.com.np/ डोमेन भएको यो साइटमार्फत् सो नगर क्षेत्रका महत्वपूर्ण जानकारी हासिल गर्न सकिन्छ ।
यो नगरपालिकासँगै उत्कृष्ठ १० को सूचीमा अमेरिकाका ४, क्यानडा, इजरायल, अर्जेन्टिना, इक्वेटर, रोमानियाका एक(एक शहरहरु यो सूचीमा परेका छन् । एशियाबाट उत्कृष्ठमा पर्ने चाँगुनारायण नगरपालिका नै एकमात्र शहर हो ।
वि.सं.२०७८ असोज ५ १६:२१