आज इन्द्रजात्रा समापन हुँदै

काठमाडौं । काठमाडौंको हनुमानढोकामा इन्द्रध्वजा ठड्याएर सुरु भएको येँया भनिने आज इन्द्रध्वजा ढालेर सकिँदै छ ।
आज बेलुका १० बजेर ३६ मिनेटको साइतमा मानन्धर समुदायको नेतृत्वमा लिङ्गो ढालिने केन्द्रीय मानन्धर सङ्घले जनाएको छ ।
ढालेपछि इन्द्रध्वजालाई टेकुमा सेलाइने परम्परा छ । तर इन्द्रध्वजासँगै काठमाडौंको सुरक्षाको लागि भन्दै आठ कुनामा ठड्याएको लाकासी भनिने अष्टमात्रिकाको प्रतीकलाई भने अर्को सालको जात्राको लागि राखिने छ ।
गत असोज २ गते इन्द्रध्वजा ठड्याएर इन्द्रजात्रा सुरु भएको थियो । यसैबीच इन्द्रजात्राको आज अन्तिम दिन, कुमारीको रथ महिलाहरुले तानिँदै छ । आज राष्ट्रप्रमुखले कुमारीका हातबाट टीका थाप्ने परम्परा पनि छ ।
वि.सं.२०७८ असोज ८ ०९:४४