असोज १५ बाट न्यादी हाइड्रोपावरको आइपीओ खुला हुने

काठमाडौं । असोज १५ गतेदेखि न्यादी हाइड्रोपावरले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।
यस अनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने छ । यो मध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता सामुहीक लगानी कोष र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।
बाँकी २० लाख ९२ हजार ५ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त सेयरमा असोज १९ गतेसम्म आवेदन दिन सकिनेछ ।
सो अवधिमा सबै सेयर बिक्री नभएमा असोज ३१ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
यसमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी कियर रेटिङ्ग नेपालले न्यादीको आइपीओलाई औसत आधार जनाउने ‘कियर एनपी आइआर डबल बी’ रेटिङ दिएको छ ।
वि.सं.२०७८ असोज ८ ०८:३१