back
stc
prabhu insurance

सशस्त्र प्रहरी बलका११ डिआइजीको सरुवा

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका ११ जना प्रहरी नायब महानिरीक्षकहरू (डिआइजी) को काज सरुवा गरेको छ । गृह मन्त्रालयले बिहीबार डिआइजीको काज सरुवा निकालेको पत्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रहरी राष्ट्रिय किताबखानालाई लेखेको पत्रमा उल्लेख गरिएको छ ।

सरुवा अनुसार डिआईजी मन्दिप श्रेष्ठ नं ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरबाट सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय सरुवा गरिएको छ । डिआइजी राजु अर्याल ९ नम्बर पशुपतिनाथ बाहिनी मुख्यालयबाट मानवश्रोत विभाग सरुवा भएका छन् ।

यसैगरि नारायणदत्त पौडेल प्रशासन विभाग, चन्द्र प्रकाश गौतम कार्य तथा सीमा सुरक्षा विभाग, वंशीराज दाहाल ९ नम्बर पशुपतिनाथ बाहिनी मुख्यालय, ई. किशोर प्रधान गढीमाई ३ नम्बर बाहिनी मुख्यालय मकवानपुर, कमल गिरी बराह बाहिनी १ नम्बर मुख्यालय सुनसरी, गणेश बहादुर ठाडा मगर २ नम्बर छिन्नामस्ता बाहिनीको मुख्यालय महोत्तरी सरुवा भएका छन् ।

त्यस्तै कुलबहादुर नेम्वाङलाई मानवस्रोत विभागबाट विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही, दुर्गाप्रसाद भट्टराईलाई मानवस्रोत विभागबाट वैद्यनाथ बाहिनीको मुख्यालय कैलाली र शम्भु सुवेदीलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारबाट मुक्तिनाथबाहिनीको मुख्यालय कास्की सरुवा गरिएको छ ।