back
hangrilabank
himalayanlife
stc

कामना सेवा विकास बैंकको बोनस सेयर घोषणा

काठमाडौं । कामना सेवा विकास बैंकले १९.४७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट १८.५०प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.९७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीको हात लाभांश पर्नेछ । गत वर्ष यसले ४.४ प्रतिशत बोनस र कर तिर्न ०.२३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।