back
stc
prabhu insurance

जहाज र हेलिकप्टरको अवस्था अध्ययन गर्न पाँच सदस्यीय समिति गठन

काठमाडौं । सरकारले हवाईजहाज र हेलिकोप्टरको भौतिक, यान्त्रिक र अभिलेखीय अवस्था अध्ययन गर्न आज एक समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको एक विज्ञाप्ति मार्फत जनाएको छ ।

समितिमा नेपाल नागरिक उड्डयान प्राधिकरणका पूर्वनिर्देशक भेषराज सुवेदी, वरिष्ठ क्याप्टेन कृष्णबहादुर पौडेल क्षेत्री, मन्त्रालयको सीएटीसी प्रमोद नेपाल सदस्य रहेका छन् । उड्ड्यान प्राधिकरणका प्रबन्धक लक्ष्मण देवकोटा सदस्य सचिव रहेका छन् ।

समितिलाई नेपालको आकाशमा आन्तरिक तथा बाहय उडान भर्ने नेपालमा दर्ता भएका हवाईजहाज र हेलिकोप्टरहरुको भौतिक, यान्त्रिक र अभिलेखीय अवस्थाको अध्ययन अवलोकन अनुसन्धान गरी प्रत्येक वायुयान सहितको सबै वायुसेवाको सम्परीक्षण गर्ने लगायत कार्यक्षेत्र तथा सर्तहरु तोकिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता तारानाथ अधिकारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

No description available.