छापामाध्यमको सुझाव
काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रिय समिति अन्तर्गत रहेको छापा संचार माध्यम हकहित संरक्षण समितिलाई सुझाव दिन आउनु भएका वरिष्ठ पत्रकार डा. केशव देबकोटाको टिम सग छापा संचार माध्यमले भोग्नुपरेको समस्याका बारेमा गम्भीरतापूर्वक छलफल भएको छ।
छलफल सके लगत्तै संचार माध्यमका समसामयिक मुद्दालाई प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत र सूचना प्रसारण बिभागका महानिर्देशक गोगनबहादुर हमाल समक्ष सयुक्त भेटघाट गरि ध्यानाकर्षण गराइएको महासंघका सचिव गोविन्द प्रसाद चौलागाईले बताउनु भएको छ ।
छलफल छापा संचारमाध्यम र पत्रकारको हितमा फलदायी छलफल भएको बुझिएको छ।
वि.सं.२०७८ असोज १३ १८:०३


















