back
stc
prabhu insurance

पाटनमा मनमानेश्वरी र पायो जात्रा

काठमाडौं । ललितपुरमा लिच्छवीकालीन माजु द्यः मनमानेश्वरी जात्रा भएको छ ।घटस्थापनाको दिन महालक्ष्मी स्थानमा तान्त्रिक रुपमा पुजा गरेर जात्रा शुरु गरिएको थियो ।

आज पाटन दरवारको मुल चोकमा मनमानेश्वरी गोप्य तान्त्रिक पुजा गरिसकेपछि पायो अर्थात खड्ग जात्र समेत निकालिएको थियो । लगनखेलबाट शुरु भएको खड्ग जात्रामा गुठीका मानिसहरु हातमा खड्ग बोकेर नगर परिक्रमा गरेर मूल चोक पुगेर विसर्जन गराएका थिए ।

२४ वर्षसम्म आर्थिक अभावले बन्द रहेको जात्रा तीन वर्ष अघि देखि पुनः शुरु भएको थियो । यो लिच्छवीकालिन मूल आँगम घर गुठीबाट सञ्चालन हुँदै आएको छ । लिच्छवी काल र पछिको ठकुरी कालमा जनता सबै नै राष्ट्रको सुरक्षाका लागि तैनाथ भएकोले खड्ग, खुँडा सहितको हातहतियार प्रदर्शन गर्ने परम्परा रहेको छ ।