back
stc
prabhu insurance

सर्वोच्चको आदेशपछि महिला अधिकारकर्मी रुबी खान रिहा

काठमाडौँ । सर्वोच्च अदालतको आदेशपछि महिला अधिकारकर्मी रुबी खान रिहा भएकी छन् । पैदलै हिडेर नेपालन्जदेखि काठमाडौँसम्म आउने समूहको नेतृत्व गरेकी खानलाई प्रहरीले पक्रेर हिरासतमा राखेको थियो ।

उनलाई आज बिहीबार अदालतमा उपस्थित गराउन आदेश थियो र आजको सुनुवाईमार्फत उनलाई तत्काल हिरासतमुक्त गर्न आदेश दिइएको हो ।

खानको पक्षमा राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य एवम् महिला अधिकारकर्मी मोहना अन्सारीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन हालेकी थिइन् ।

सो मुद्दामा बिहीवार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले खानलाई तत्कालै रिहा गर्न आदेश दिएको हो । साथै उनलाई विनाकसुर पुनः धरपकड र फक्राउ नगर्न समेत आदेशमा भनिएको छ ।

रुबी खान बाँकेका दुई जना महिलाको हत्यारालाई कारबाहीको गर्न माग गर्दै एक समूहको नेतृत्व गरेर पैदलै २० दिन हिँडेर काठमाडौँ आएकी थिइन् । न्याय माग्न काठमाडौँ आए पनि रुबीसहितका अभियन्तालाई प्रहरीले पक्राउ गरेको थियो ।

काठमाडौँको माइतीघरबाट पक्राउ परेकी रुबीलाई प्रहरीले नेपालगन्ज पठाएको थियो । सर्वोच्चको आदेशसँगै रुबी हिरासतमुक्त भएको अधिकारकर्मी अन्सारीले जानकारी दिइन् ।