हनुमानढोकामा राँगा र बोकाको बली

काठमाडौं । काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका परिसरमा बोका र राँगाको बलि दिइएको छ । भगवतीको नाममा महाअष्टमी, महानवमी र चतुदर्शी तिथिमा बलि दिने प्रचलन रहेको छ ।
दसैंको अवसरमा हनुमानढोका दरबारको मूलचोकमा तीन दिनसम्म ५४/५४ वटा बोका र राँगा बली चढाइने परम्परा रहेको छ । आज देशैभरको शक्तिपीठहरूमा बोका, हाँस, कुखुराको भाले, राँगाको बलि सहित पूजा गर्ने चलन छ ।
यस्तै सवारी साधनहरुको पनि पुजा–आजा गरी भाले, हाँस, नरिवलको चढाउने प्रचलन रहेको छ । गत वर्ष भने कोरोनाका कारण हनुमानढोकामा बलि स्थगित भएको थियो । आज उपत्यकाका शक्तिपीठहरू नरदेवी, शोभा भगवती, आकाश भैरव, बज्रबाराही, गणेशस्थान, कंकेश्वरी, भद्रकाली, महांकाल लगायत शक्तिपीठमा गरिने बलिसहितको पूजा पनि गरिएको छ ।
वि.सं.२०७८ असोज २८ १५:०४