कार्तिक १३ गते देउवा स्कटल्याण्ड जाने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा विदेश भ्रमणमा जाने भएका छन। देउवाको स्कटल्याण्ड भ्रमणको मिति तोकिएको छ । COP २६ को निम्तिमा यही अक्टोबर ३० अर्थात कार्तिक १३ गते शनिबार प्रधानमन्त्री देउवा स्कटल्याण्ड जाने भएका छन। देउवाको स्कटल्याण्ड भ्रमण अक्टोबर ३० देखि नोभेम्बर ४ अर्थात कार्तिक १८ गतेसम्म पाँच दिने हुनेछ ।
पाँचौ पटक प्रधानमन्त्री नियुक्त भएका देउवा तीन महिना कटेर दशैं पर्व समेत सकिएपछि बिदेश भ्रमण हुन लागेको हो। प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय र बेलायतस्थित नेपाली दूतावास अहिले यात्राको तयारीमा जुटेका छन् ।
यहीबेला सरकारले दिल्ली, लण्डन लगायत विभिन्न ठूला ठाउँबाट राजनैतिक नियुक्तिमा गएका राजदूतहरुलाई फिर्ता बोलाएको छ भने नयाँ नियुक्तिको सुरसार छैन ।
वि.सं.२०७८ कात्तिक १ १२:२८