back
prabhu insurance
himalayanlife

कात्तिक १५ गतेदेखि नेपाल सेवा र विन लघुवित्तबीच एकीकृत कारोबार 

काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड र विन लघुवित्त वित्तीय संस्था लिमिटेड गाभिएपछि कात्तिक १५ गतेदेखि एकीकृत कारोबार थाल्ने भएका छन् ।

यी दुई लघुवित्तको मर्जरलाई नेपाल राष्ट बैंकले गत भदौ १५ गते अन्तिम स्वीकृति दिएको थियो । स्वीकृति पाएको ठिक दुई महिनापछि दुई संस्था गाभिएर बनेको नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुने भएको छ।

मर्जरमा गएका यी दुवै लघुवित्त बागमति प्रदेश कार्यक्षेत्र भएका वित्तीय संस्था हुन् । मर्जरपछि बनेको लघुवित्त संस्थाको केन्द्रीय कार्यालय सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका– १३ मा रहने बताइएको छ ।

यसैबीच यी दुई लघुवित्तको एकीकृत कारोबार सुरु हुनुभन्दा अघिल्लो दिन कात्तिक १४ गते यी दुवैको कारोबार बन्द हुने समेत बताइएको छ । दुवै एक भएपछि डेटा माइग्रेसन प्रयोजनका लागि सो दिनको कारोबार बन्द हुने जनाएको छ ।