back
stc
prabhu insurance

लेखा अधिकृत र लेखापाल सरूवामा मनपरि

काठमाडौं । महालेखा नियन्त्रकको कार्यालयले गत आइतबार एकै पटक ७३ जना लेखा अधिकृतहरुको सरुवा गरेको छ । दशैं विदा सकिएर कार्यालय खुलेकै दिन गत आइतबार एकै पटक ७३ जना अधिकृतहरुको सरुवा गरिएको छ ।

महालेखा नियन्त्रक सुमनराज अर्याल, सहसचिव नवराज ढुंगाना र उपसचिव प्रकाश पुडासैनीले गरेको सरुवाप्रति कर्मचारीहरुले असन्तृष्टी पोखेका छन् ।

जेष्ठता, कार्यसम्पादन मुल्यांकन, योग्यता,क्षमता लगायतका मापदण्डलाई कुल्चदै जुनियर कर्मचारीलाई आकर्षक ठाउँमा पठाइएको र सिनियरको मानमर्दन गरिएको भन्दै कतिपय अधिकृतहरुले सरुवाप्रति असन्तुष्टि पोखेका छन् ।

कतिपय अधिकृतहरुले मापदण्डको धज्जी उडाउँदै अधिकृतहरुको सरुवा गरिएको भनेर विरोध गर्न थालेका छन ।
पर्सनल इन्फरमेसन सिस्टम (पीआईएस)मा सिनियरहरूलाई बेवास्ता गरी जुनियरलाई आकर्षक एवं मागेकै ठाउँमा पठाइएको भन्दै उनीहरुले असन्तुष्टि पोखेका हुन् ।

महालेखा नियन्त्रकले ३३ जना सहलेखापालको पनि सरुवाको सूची सार्वजनिक गरेको छ । यो सरूवामा पनि मापदण्ड मिचिएको गुनासो सुनिएको छ।