back
stc
prabhu insurance

नेपाल वायुसेवा निगमले सुदुरपश्चिममा उडान गर्ने

काठमाडौं । नेपाल वायुसेवा निगमले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा कार्तिक ७ गते आइतबारदेखि उडान भर्ने जनाएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा निगमले आइतबारदेखि उडान सुरु गर्न लागेको हो। मन्त्रीले निर्देशन नदिइ निगमका व्यवस्थापकहरूले निगममा व्यावसायिक योजना बनाएर नियमित निर्धारित समयमै उडान भर्न नसक्ने स्थिति छ।

भष्टाचार र बेथितिले गाजेको निगम दिनपरदिन आर्थिक रूपमा धरासयी हुने र व्यवसायिक योजनामा कमजोर बन्दै गएको छ।

बेमौसमी वर्षासँगै आएको बाढी पहिराले त्यहाँका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध भएका कारण यातायात सेवा पनि बन्द भएकाले पर्यटन मन्त्री आलेले नागरिकलाई सहजरुपमा सेवा दिने उद्देश्यले वायुसेवा निगमका जहाज सुदुर पश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा सञ्चालन गर्न निर्देशन दिएका हुन्।

मन्त्री आलेको निर्देशनपछि सुदूरपश्चिमका पहाडी जिल्ला बझाङ, बाजुरा र डोटीमा नेपाल वायुसेवा निगमले कैलालीको धनगढीबाट नियमितरुपमा हवाइ सेवा सञ्चालन गर्ने तयारी गरेको वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिएका छन।

निगम सञ्चालनमा असक्षम साबित हुँदै आएका पौडेलले व्यवस्थापन सुधार गरेर उडानलाई नियमित र व्यवस्थित गर्नुपर्नेमा विदेशीलाई निगमको शेयर बेचेर रातारात मालामाल बन्ने योजना बनाउदा निगममा तीन महिना आन्दोलन भएको थियो। आले मन्त्री भएपछि कर्मचारीले सहमति गरि आन्दोलन स्थगित गरेका थिए।

असक्षम हुँदै गएका महाप्रबन्धक पौडेलले भने ( ‘बाजुरामा हाम्रो जहाज सञ्चालन थियो। अब मन्त्रीको निर्देशनपछि बझाङ, बाजुरा र डोटीमा नियमित हवाइ उडान सञ्चालन हुनेछ।’

वर्षातका कारण बाढी, पहिराले राजमार्ग अवरुद्ध हुँदा त्यहाँका नागरिकलाई यातायात सेवाका लागि निकै सास्ती हुँदै आएको छ । बाढी, पहिरोले गरेको क्षतिका बारेमा निरीक्षण तथा अवलोकनका लागि सुदूरपश्चिम पुगेका मन्त्री आलेलाई त्यहाँका नागरिकले बाढी, पहिराले बाटाघाटा र सडक अवरुद्ध हुँदा समस्या भएको र जहाज सञ्चालनका लागि आग्रह गरेपछि उनले सुदूरपश्चिमका पहाडी जिल्लामा नियमित उडान गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएका हुन्।

मन्त्री आलेको निर्देशनपछि सुदूरपश्चिमका पहाडी जिल्लामा आइतबारदेखि कैलालीको धनगढी विमानस्थलबाट जहाज चलाउनका लागि सम्पूर्ण तयारी पूरा भएको नेपाल वायुसेवा निगमले जनाएको छ।

सुदूरपश्चिमका पहाडी जिल्लामा सहुलियत भाडा दर कायम गरी हवाइ उडान गर्ने योजना रहेको वायुसेवा निगमको कार्यालयले जनाएको छ। मन्त्री आलेकै निर्देशनमा नेपाल वायुसेवा निगमले आइतबारदेखि धनगढी–काठमाडौं पनि उडान गर्ने भएको छ।

यसैबीच मन्त्री आलेले हिजो कैलालीको धनगढीमा रहेको गेटा विमानस्थलकोसमेत निरीक्षण गरेका थिए। विमानस्थलको निरीक्षण गर्दै मन्त्री आलेले गेटा विमानस्थललाई राष्ट्रियस्तरको विमानस्थलमा बिस्तार गर्नुपर्ने बताएका थिए।

कूल ८३ बिघा क्षेत्रफल रहेको विमानस्थललाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाउन बजेट विनियोजन गर्नेसमेत मन्त्री आलेले प्रतिबद्धता व्यक्त गरेका छन्। निगमले नेपालीहरूको महान चाड वडादशैंमा आन्तरिक उडान नियमित नउडाएर करोडौ रकम गुमाएको छ।

दशैंमा यात्रुको चापाचाप हुने,दैनिक १४ घण्टा सम्म उडान हुन सक्ने र राम्रो आम्दानी हुने अवसरमा सुतेर बस्दा निजी विमान कम्पनीहरूले करोडौं मुनाफा कमाउन सफल भएका छन। निगमको उडान कार्यतालिका कहिल्यै पनि निर्धारित समय अनुसार नियमित हुँदैन।

जहिल्यै पनि दुई( तीन घण्टा ढिला हुने गर्नाले यात्रुले निगमको उडानलाई विश्वास गर्दैनन। भद्रपुर,विराटनगर,जनकपुर,सिमरा,भरतपुर,पोखरा,भैरहवा,नेपालगञ्ज,धनगढी उडानमा निजी विमान कम्पनीमा उडान गर्छन। अन्य विमान कम्पनी नजाने दुर्गम पहाडी रूढमा मात्र निगमको विमानमा घण्टौ ढिला भएपनि निगमकै विमान चढनुपर्ने बाध्यतामा यात्रु छन।