back
prabhu insurance
himalayanlife

सोल्टि होटलमा हिमानी ट्रष्टको कार्यक्रम

काठमाडौं । हिजो कार्तिक ५ गते साँझ ताहचलको सोल्टी होटलमा हिमानी ट्रष्टले आयोजना गरेको शुभकामना आदान–प्रदान तथा खानपिन कार्यक्रममा पुर्व राजा ज्ञानेन्द्र शाह, पुर्व युवराज पारस शाह, हिमानी ट्रष्टकी अध्यक्ष पुर्व युवराज्ञी हिमानी शाह,पुर्व नव युवराज हृदयेन्द्र शाह लगायत पुर्व राजपरिवारका सदस्य उपस्थित भएर कलाकार, खेलाडी, पत्रकार, बुद्धिजीवी, साहित्यकार र दरवारका शुभेच्छुकहरूसँग भेटघाट गरेका छन।

दरवारका सार्वजनिक कार्यक्रममा नदेखिने पारस शाह पनि हिमानी ट्रष्टको कार्यक्रममा आएकाले अब पुर्व राजा ज्ञानेन्द्र शाहको परिवारमा देखिएको मनमुटाव र कलहको विवाद समाधान भएको रूपमा हिजोको सोल्टी होटलको भेटघाट कार्यक्रमलाई लिइएको छ।

कार्यक्रममा कलाकारहरू सन्तोष पन्त, दिपकराज गिरी,भुवन केसी लगायत पुगेका थिए। एमाले सांसद कोमल ओलीलाई समेत ट्रष्टले निम्तो दिएको र उनी समेत त्यहाँ पुगेकी थिइन।