back
stc
prabhu insurance

आठ जना डिएसपीको एसपी बढुवामा सिफारिस

काठमाडौं । प्रहरी प्रधान कार्यालयले हिजो मंसीर २ गते आठ जना नायब उपरीक्षक (डीएसपी) लाई उपरीक्षक (एसपी) बढुवाका लागि सिफारिस गरेको जनाएको छ ।

प्रहरी प्रधान कार्यालयमा बिहीवार बसेको बढुवा समितिको बैठकले यसअघि दुई पटकसम्म बढुवामा छुटेका अर्जुनप्रसाद तिमिल्सिना सहित अन्य आठको बढुवा सिफारिस गरेको छ ।

एकै पटक भर्ना भएका अन्यको बढुवा भएपनि यी आठ जना राजनीतिक कोपभाजन र शक्ति केन्द्रमा पहुँच नपुग्दा बढुवा हुनबाट छुटेका थिए । बढुवा सिफारिस हुनेहरुमा डीएसपीहरु जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सिना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानभाट रहेका छन् ।

प्रहरी नियमावली अनुसार उनीहरु बिरुद्ध सात दिन भित्र उजुरी नपरे उनीहरुको स्वतः बढुवा हुने छ ।