back
hangrilabank
himalayanlife
stc

भदौ २५ गते अपि पावर कम्पनीको १८ औं वार्षिक साधारण सभा 

काठमाडौं । भदौ २५ गते अपि पावर कम्पनीको १८ औं वार्षिक साधारण सभा हुने भएको छ । साधारणसभा बिहान ११ बजे संस्थाको प्रधान कार्यालय ट्रेड टावर थापाथली काठमाडौंमा सुरु हुनेछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १०.५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । बोनस सेयर कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने एजेन्डा पनि छ ।

यस्तै, बोनस बितरण पश्चात कायम चुक्ता पुँजीबाट ३९ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि छ । कम्पनीको बोनस र हकप्रद पश्चात चुक्ता पुँजी बृद्धि हुने हुँदा सोही अनुरुप कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि छ ।

आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन र सोही अवधि सम्मको नाफा नोक्सान सम्बन्धी प्रस्तावमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । सभा प्रयोजनका लागि अपिले भदौ १८ देखि २४ गते मंगलबार सम्म बुक क्लोज गर्ने जनाएको छ । यसर्थ, भदौ १७ गतेसम्म कायम सेयरधनीले यो बोनस सुरक्षित गर्न सक्नेछन् ।