back
stc
prabhu insurance

सिनर्जी पावरको बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको बोनस सेयर सुरक्षित गर्ने आज भदौ ३ गते बिहीबार अन्तिम दिन हो ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले शुक्रबार भदौ ४ देखि भदौ १८ गतेसम्म बुक क्लोज गर्दैछ । यसले भदौ १८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभामा १०% बोनस सेयरपछि ५०% हकप्रद जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।

कम्पनीको गत साउन २४ गते बसेको सञ्चालक समिति बैठकले निर्णय गरे बमोजिम बोनस र हकप्रद जारी गर्ने प्रस्ताव सभामा पेश हुन लागेको हो । प्रस्तावित १०%बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२६३% नगद लाभांश दिने प्रस्तव पनि रहेको छ ।

बोनसपछि कायम हुने चुक्ता पुँजीको ५०% (२ः१ अनुपातमा) हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । सिनर्जीले हाल कायम चुक्ता पुँजी ७३ करोड ३२ लाख ५० हजार रुपैयाँको १०५ बोनस प्रस्ताव गरेको हो ।

बोनसपछि यसको चुक्ता पुँजी ७९ करोड ६५ लाख ७५ हजार रुपैयाँ पुग्नेछ । सोही पुँजीको ५०% हकप्रद जारी हुनेछ । हकप्रद भने साधारण सभाले पारित गरी नियामक निकायबाट स्वीकृति पाएपछि मात्र जारी हुनेछ ।

साधारण सभा प्रयोजनका लागि सिनर्जीले भदौ ४ गतेदेखि १८ गतेसम्म बुक क्लोज गर्नेछ । साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय बालुवाटार काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभा जुम एपमार्फत भर्चुअल प्रविधिबाट हुने कम्पनीले जनाएको छ ।