back
hangrilabank
himalayanlife
stc

अरुण काबेलीको १७ प्रतिशत बोनस सेयर समायोजन 

काठमाडौं । अरुण काबेली हाइड्रोपावरको १७ प्रतिशत बोनस सेयरपछिको भाउ समायोजन भएको छ । समायोजनपछिको भाउ ६८१ रुपैयाँ निर्धारण भएको छ ।

यहि भाउलाई आधार मानेर आज मंगलबार यसको सेयर कारोबार खुल्नेछ । भदौ २६ गते बस्ने वार्षिक साधारण सभाको लागि यसले भदौ १५ गतेदेखि बुक क्लोज गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

उक्त लाभांश भदौ १३ गतेसम्म कायम सेयरधनी पाउने छन् । किन भने भदौ १४ गते सोमबार श्रीकृष्ण जन्माष्टमीका अवसरमा सरकारले सार्वजनिक विदा दिएको थियो ।

कम्पनीको ११औं वार्षिक साधारण सभा संस्थाको केन्द्रीय कार्यालय ट्रेड टावर थापाथली काठमाडौंमा बिहान ११ बजे देखि सुरु हुनेछ । कोरोना महामारीका कारण सभा भर्चुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ ।

यसले प्रस्तावित बोनस सेयर वितरणपछि कायम चुक्ता पुँजीबाट १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि स्वीकृत दिने प्रस्ताव सभामा लगिने छ । भदौ १५ गतेदेखि भदौ २५ गतेसम्म बुक क्लोज हुनेछ ।