सानिमा माई हाइड्रोपावरको कात्तिक ११ गते साधारण सभा

काठमाडौं । सानिमा माई हाइड्रोपावरले लाभांश पारित गर्न कात्तिक ११ गते साधारण सभा बोलाएको छ । सभा सेलिब्रेसन हाइट सुकेधारा काठमाडौंमा हुनेछ । साथमा एकैसाथ भर्चुअल माध्यमबाट पनि सभा चल्नेछ ।
सभा बिहान ११ बजे सुरु हुनेछ । लगानीकर्ताले भर्चुअल माध्यम वा भौतिक रुपमा पनि सहभागी हुन सक्नेछन् । सभा प्रयोजनका लागि असोज १८ गते बुक क्लोज गरिएको छ ।
यस आधारमा असोज १७ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् । सानिमा माईले सभामा १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव लैजाँदैछ । यसले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश दिन लागेको हो । साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ ।
वि.सं.२०७८ असोज ३१ ०९:३९